Posts

Showing posts from November, 2021

तिमी आफू बन

 तिमी आफू बन तिमीलाई तिमी बन्नुछ, चाहे जे गर जीवनमा ,  अरु बन्ने प्रयास कदापि नगर्नुमान्छेले लडाउन मद्दत गर्छन्तर तिमी आफैंलाई उठाउन सिक,हरकोही यहाँ तिमी लडेको देख्दा रमाउँछ तरलडेको तिमीलाई उठाउन कोही अघि सर्दैन।यही हो यथार्थ, तिमी अरूलाई हेरेर आहा भन्छौ,मलाई त्यो बन्नु छ भन्छौ तर एक नजर हेर त आफूलाईतिमी कति सुन्दर छौ ,आहा ! साँच्चै नै तिमी धेरै सुन्दर छौतिम्रा आङका ती धूलो माटो मिसिएको लुगालुगा होइन तिम्रो संघर्ष झल्किन्छ त्यहाँ,तिम्रो फोहोर ले लत्पतिएको अनुहारअनुहार मात्र होइन सङ्घर्षको अद्भुत उदाहरण हो।तिम्रा कानका छेउबाट बगेका ती पसिना जुन,तिम्लाई तिमी बन्दा प्यास लागे मेटाउने पानी बन्नेछअसाह्य पीडा मनमा दबाउने कोसिस पनि नगर फुट्न देउ पीडाका ज्वालामुखीहरु,उम्लिन देउ आँसुका लावा रसमन हल्का गर किनकितिमीलाई तिमी बन्नु छयाद नगर न ती भूत समय हरुजसमा पसिनाका होइनन् आँसुका धारा बग्थेभो! याद नगर न ती पलहरुजहाँ तिमी मुखमा लुगा कोचरेर रुने गर्थेउयाद नगर ती भयानक दिन हरु जसले मात्र तिम्लाई पटक पटक जिम्मेवारी नामको चोट दिने गर्थेआजसम्मका संघर्स भन्दा तिमीलाई तिमी बन्न कठिन होलातिमी बि...