याद
मस्तिस्कमा आएको तिम्रो याद को साथ लाई
पछयाउदै निन्द्रा हराई सक्यो ।
समस्त ब्रमाण्ड को कुना काप्चा खोजिसके ।
33 crore देवता हरु सँग संगै , अल्लाह , बुद्ध
, jesus लाई मागिसके।
तर निदाउने ओखती, तिमि ले मेरो शिर
नसुमसुमाए सम्म पाउनै गार्हो
आज पनि मेरो मनको कुनामा तिम्रो आभासले
काउकुती लगाउछ।
बिस्तारामा शरीर लाई छोडेर निदाउन सक्दो
कोशिश गर्छ । तर सक्दिन ।
याद आउछ त्यो दिन जब तिम्रो ओठको रस को
भिजाइमा मेरो ओठ हरु रमाउने गर्थे ।
तिम्रो शरीर का हरेक अंग हरु को छुवाईमा ,
मेरो शरीरका हरेक अंग हरु तरंगित हुने गर्थे ।
कसरी म निदाउदा मेरो छातीमा तिमि आफ्नो
शिर राखी मेरो मुटु को धड्कन लाई सुन्दै,
तिम्रो मुटुको धड्कन हरु आनन्दित हुने गर्थे ।
अनि सुन त!
सानो बालक को हेराइ जसरी मेरो निदाउदो
अनुहार लाई आफ्नो दुर्भास यन्त्रमा खिचेर
बिहानी हुदा मलाई देखाएर गिज्याउने तिमि ,
आज टाढा हुदा यो सबै कुरा को अभाव
महसूस गर्छौ कि नाई?
के आजभोली पनि तिमि तिम्रो मन पर्ने रातो
कुर्था सेतो सुरवाल लाएर , ऐना अगाडी आफु
लाई हेर्दै , मुसुक्क हास्दै , बिस्तारै ऐनामा
टालेको कालो टिका लाई आफ्नो निधार मा
राखेर , facebook/insta story मा राख्छौ
कि नाई ?
के आजभोली तिमि , निदाईसके पछि मलाई
सपनामा देख्छौ कि नाई ? अथवा कोही अरु
लाई सपनामा देखेर त्यसको बारेमा 1 घण्टा
सम्म कसैलाई सुनाउन पायौ कि नाई ?
म तिमि लाई याद गर्छ , म तिमि लाई याद गर्छ
जब चिया को चुस्की आजभोली पहिलो तिम्रो
हुदैन , म तिमि लाई याद गर्छ जब मैले कोर्ने
शब्द हरु मा तिम्रो लागी केहि शब्द भेट्दिन | म
तिमि लाई याद गर्छ जब साथी हरु को माझमा
कुरा हुदा तिमो सहभागिता हुदैन | म तिमि लाई
याद गर्छ जब मैले रच्ने कथा हरुमा तिम्रो नाम
हुदैन ।
खासै याद त गर्दिन , तर जब याद गर्छ ,यसरी
गर्छ कि मलाई आफ्नो बारेमा यादनै हुदैन |
Comments