तिमी आफू बन

 तिमी आफू बन

तिमीलाई तिमी बन्नुछ,

चाहे जे गर जीवनमा , 

अरु बन्ने प्रयास कदापि नगर्नुमान्छेले लडाउन मद्दत गर्छन्तर तिमी आफैंलाई उठाउन सिक,हरकोही यहाँ तिमी लडेको देख्दा रमाउँछ तरलडेको तिमीलाई उठाउन कोही अघि सर्दैन।यही हो यथार्थ, तिमी अरूलाई हेरेर आहा भन्छौ,मलाई त्यो बन्नु छ भन्छौ तर एक नजर हेर त आफूलाईतिमी कति सुन्दर छौ ,आहा ! साँच्चै नै तिमी धेरै सुन्दर छौतिम्रा आङका ती धूलो माटो मिसिएको लुगालुगा होइन तिम्रो संघर्ष झल्किन्छ त्यहाँ,तिम्रो फोहोर ले लत्पतिएको अनुहारअनुहार मात्र होइन सङ्घर्षको अद्भुत उदाहरण हो।तिम्रा कानका छेउबाट बगेका ती पसिना जुन,तिम्लाई तिमी बन्दा प्यास लागे मेटाउने पानी बन्नेछअसाह्य पीडा मनमा दबाउने कोसिस पनि नगर फुट्न देउ पीडाका ज्वालामुखीहरु,उम्लिन देउ आँसुका लावा रसमन हल्का गर किनकितिमीलाई तिमी बन्नु छयाद नगर न ती भूत समय हरुजसमा पसिनाका होइनन् आँसुका धारा बग्थेभो! याद नगर न ती पलहरुजहाँ तिमी मुखमा लुगा कोचरेर रुने गर्थेउयाद नगर ती भयानक दिन हरु जसले मात्र तिम्लाई पटक पटक जिम्मेवारी नामको चोट दिने गर्थेआजसम्मका संघर्स भन्दा तिमीलाई तिमी बन्न कठिन होलातिमी बिर्सिदेउ बाह्य दुनियाँ ,जसले हरेक गोरेटोमा तिमीलाई अवरोध दिने गर्थ्योतिमी बिर्सिदेउ ती आफन्ती जसलेतिम्लाई दुःख पर्दा अट्टहास ल्याउने गर्थेबिर्सिदेउ ती साथी जुनतिमीलाई आवश्यक हुँदा हराउने गर्थेमुख्य कुरा,तिमी आफूलाई नबिर्सिनु, तिमी मात्र दुइटा कुरा याद गर ..एक तिम्रा जिम्मेवारी जुन खुसीसाथ पूरा गर्नु छ अनि अर्को तिमी आफूतिम्लाई फेरि दुःख परे साथ दिने तिमी छौ ।आफ्ना कदमहरु निडर भई अघि बढाउआफ्नो साथीलाई विश्वास गरजुन तिमी स्वयम् हौ...।तिमी आफ्नो अभिभवक बन्नु,तिमी आफ्नो शिक्षक बन्नु ,आफ्नो मार्ग दर्शक बन्नुतिमी, तिमी बन्नु ... तिमीलाई तिमी नै बन्नु छ।

Comments

All time Fav

TIMILAI VETNEXU

Life

Loyality

Choices between eyes and soul.

Mero Astitwoh

याद

Your importance in my life.

मात्र तिमि❤️