TIMILAI VETNEXU
म भेट्ने छु तिमिलाइ चलिरहेको बतासमा
पुस्पको सुगन्ध हरुमा, बगिरहेको पानीमा!बतास सङै रमिरहेको बृक्षहरुमा,समुद्रको हरेक छालहरुमा!
रङिन इन्द्रेणी को हरेक रङहरुमा,आकाश मा उड्ने पन्छीहरुको स्वोतन्त्रतामा!
म भेट्ने छु तिमिलाइ सुर्यको तेजमा,जुनको उज्यालोमा!
मेरो बिचारको हरेक सोचमा,मेरो शब्दको हरेक अक्षरमा!
मेरो नजरको दृष्टान्तको हरेक दृश्यहरुमा!
समय बित्दै जादा घडीको हरेक टिकटिकमा!
म भेट्ने छु तिमिलाई एस्तो दुनियाँमा,
जहाँ समाइसकेको हात फेरि नछुटोस!
साथ जन्मौजन्म सम्म कहिलै नटुटोस!
जहाँ सम्बन्धको रङ्गहरु फिक्का नहोस!
जहाँ प्रेम बाहेकका भावहरु नहोस!
Comments