म भेट्ने छु तिमिलाइ चलिरहेको बतासमा पुस्पको सुगन्ध हरुमा, बगिरहेको पानीमा! बतास सङै रमिरहेको बृक्षहरुमा,समुद्रको हरेक छालहरुमा! रङिन इन्द्रेणी को हरेक रङहरुमा,आकाश मा उड्ने पन्छीहरुको स्वोतन्त्रतामा! म भेट्ने छु तिमिलाइ सुर्यको तेजमा,जुनको उज्यालोमा! मेरो बिचारको हरेक सोचमा,मेरो शब्दको हरेक अक्षरमा! मेरो नजरको दृष्टान्तको हरेक दृश्यहरुमा! समय बित्दै जादा घडीको हरेक टिकटिकमा! म भेट्ने छु तिमिलाई एस्तो दुनियाँमा, जहाँ समाइसकेको हात फेरि नछुटोस! साथ जन्मौजन्म सम्म कहिलै नटुटोस! जहाँ सम्बन्धको रङ्गहरु फिक्का नहोस! जहाँ प्रेम बाहेकका भावहरु नहोस!
तिमीले टेक्ने माटोमा,तिमीले देख्ने उडिरहेको धुलोमा,बेलाबखत तिमीलाई जिस्काइ स्पर्श गर्ने हावामा,तिमिले मलाई बिर्सी अगाडि बढिरहेको क्रममा जुन त्यो बीचको थोरै पल हुन्छ त्यो पलमा सदैब तिमिले मलाई नै पाउने छौ। #अपरिचित👑
मस्तिस्कमा आएको तिम्रो याद को साथ लाई पछयाउदै निन्द्रा हराई सक्यो । समस्त ब्रमाण्ड को कुना काप्चा खोजिसके । 33 crore देवता हरु सँग संगै , अल्लाह , बुद्ध , jesus लाई मागिसके। तर निदाउने ओखती, तिमि ले मेरो शिर नसुमसुमाए सम्म पाउनै गार्हो आज पनि मेरो मनको कुनामा तिम्रो आभासले काउकुती लगाउछ। बिस्तारामा शरीर लाई छोडेर निदाउन सक्दो कोशिश गर्छ । तर सक्दिन । याद आउछ त्यो दिन जब तिम्रो ओठको रस को भिजाइमा मेरो ओठ हरु रमाउने गर्थे । तिम्रो शरीर का हरेक अंग हरु को छुवाईमा , मेरो शरीरका हरेक अंग हरु तरंगित हुने गर्थे । कसरी म निदाउदा मेरो छातीमा तिमि आफ्नो शिर राखी मेरो मुटु को धड्कन लाई सुन्दै, तिम्रो मुटुको धड्कन हरु आनन्दित हुने गर्थे । अनि सुन त! सानो बालक को हेराइ जसरी मेरो निदाउदो अनुहार लाई आफ्नो दुर्भास यन्त्रमा खिचेर बिहानी हुदा मलाई देखाएर गिज्याउने तिमि , आज टाढा हुदा यो सबै कुरा को अभाव महसूस गर्छौ कि नाई? के आजभोली पनि तिमि तिम्रो मन पर्ने रातो कुर्था सेतो सुरवाल लाएर , ऐना अगाडी आफु लाई हेर्दै , मुसुक्क हास्दै , बिस्तारै ऐनामा टालेको कालो टिका लाई आफ्नो निधार मा राखेर , facebook...
बर्षातको एक दिन अनि तिमी❤️ एउटा खोलाको किनार अनि मात्र तिमी❤️ ननिदाएका ती आँखा हरु अनि यादमा मात्र तिमी❤️ मनको हरेक विचार अनि विचारको सोच मात्र तिमी❤️ दुनियाँ भन्दा एक्दम अलग मात्र तिमी❤️ जुनताराले भरिएको आकाश र मेरो आँखा हरुमा झल्किएको चित्रहरुमा मात्र तिमी❤️ मायाको एक मौसम अनि अङगालोमा मात्र तिमी❤️ मेरो मायापुर्वक लेखिएका सायरिहरुको हरेक शब्द मात्र तिमी❤️ चिसो मौसममा मेरो न्यानोपनको कारण मात्र तिमी❤️ चंचलता पुर्ण सोच पछिको मुस्कान मात्र तिमी❤️ मुटुले मागेको हरेक प्रेम मात्र तिमी❤️ उजाड रहरहरुको उज्यालि मात्र तिमि❤️ मेरो दिनरातको याद मात्र तिमी❤️ मेरो मुटुको हरेक धड्कन मात्र तिमी❤️ सासको आवाशेक्ता मात्र तिमि❤️ मेरो जिन्दगी मात्र तिमी❤️ मात्र तिमी❤️||
तिमी आफू बन तिमीलाई तिमी बन्नुछ, चाहे जे गर जीवनमा , अरु बन्ने प्रयास कदापि नगर्नुमान्छेले लडाउन मद्दत गर्छन्तर तिमी आफैंलाई उठाउन सिक,हरकोही यहाँ तिमी लडेको देख्दा रमाउँछ तरलडेको तिमीलाई उठाउन कोही अघि सर्दैन।यही हो यथार्थ, तिमी अरूलाई हेरेर आहा भन्छौ,मलाई त्यो बन्नु छ भन्छौ तर एक नजर हेर त आफूलाईतिमी कति सुन्दर छौ ,आहा ! साँच्चै नै तिमी धेरै सुन्दर छौतिम्रा आङका ती धूलो माटो मिसिएको लुगालुगा होइन तिम्रो संघर्ष झल्किन्छ त्यहाँ,तिम्रो फोहोर ले लत्पतिएको अनुहारअनुहार मात्र होइन सङ्घर्षको अद्भुत उदाहरण हो।तिम्रा कानका छेउबाट बगेका ती पसिना जुन,तिम्लाई तिमी बन्दा प्यास लागे मेटाउने पानी बन्नेछअसाह्य पीडा मनमा दबाउने कोसिस पनि नगर फुट्न देउ पीडाका ज्वालामुखीहरु,उम्लिन देउ आँसुका लावा रसमन हल्का गर किनकितिमीलाई तिमी बन्नु छयाद नगर न ती भूत समय हरुजसमा पसिनाका होइनन् आँसुका धारा बग्थेभो! याद नगर न ती पलहरुजहाँ तिमी मुखमा लुगा कोचरेर रुने गर्थेउयाद नगर ती भयानक दिन हरु जसले मात्र तिम्लाई पटक पटक जिम्मेवारी नामको चोट दिने गर्थेआजसम्मका संघर्स भन्दा तिमीलाई तिमी बन्न कठिन होलातिमी बि...
Comments